२ भदौ, जनकपुरधाम । एकीकृत माओवादीका
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो संविधानसभाको निर्वाचनको मिति
तोकिसकिएकाले त्यसमा कुनै फेरबदल नहुने बताउनुभएको छ ।
आइतवार जनकपुर विमानस्थलमा पत्रकारहरुसंग
कुराकानी गर्दै प्रचण्डले असन्तुष्ट दलहरुसँग सकारात्मक वार्ता भएकाले
मङ्सिर ४ गते नै निर्वाचन हुनेमा कुनै शङ्का नरहेको स्पष्ट गर्नुभयो ।
“उपेन्द्र यादवले नेतृत्व गरेको मोर्चालाई
जसरी पनि निर्वाचनमा सहभागी गराउन आवश्यक रहेकाले उहाँसँग पनि सकारात्मक
कुरा भएको छ” अध्यक्ष दाहालले भन्नुभयो-”वैद्यजीसँग पनि सरकारको वार्ता
भइरहेको छ भने भोलि मेरो पनि कुराकानी हुनेछ र निर्वाचनमा वैद्य समूहले भाग
लिनेबारे टुङ्गो लाग्नेछ ।” रासस
Via:Onlinekhabar.com
Post a Comment